कालीगण्डकी तट उत्तरवाहिनीमा अत्याधुनिक प्राकृतिक अस्पताल सञ्चालनमा ।
राधाकृष्ण डुम्रे,
वालिङ (स्याङ्जा) :
स्याङजाको गल्याङ नगरपालिका–१ मालुङ्गा उत्तरवाहिनीमा अत्याधुनिक प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा अस्पताल सञ्चालनमा ल्याईएको हो । अस्पताल सञ्चालनसँगै स्याङ्जा सहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकले सहज रुपमा प्राकृतिक उपचार गर्न पाउने भएका हुन् ।
पछिल्लो समयको खानपानका कारण जटिल रोगका बिरामीहरु बढ्न थालेको भन्दै आयुर्वेदिक बिधिवाट उपचार सुरु गरिएको कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको दुई करोड १२ लाख बिशेष अनुदानवाट निर्माण भएको सुविधा सम्पन्न भवनबाट आयुर्वेदिक उपचार सेवा सुरु गरिएको हो । पहिलो चरणमा १० शैयामाबाट सेवा सञ्चालन गरिएको छ । अस्पतालमा औषधीविहीन चिकित्सा पद्धतिहरु प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी,भोजन परामर्श माध्यमबाट उपचार गरिँदै आएको अस्पतालका डक्टर यश चतुर्वेदीले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयसम्म बिभिन्न अस्पताल गएर निको नभएका बिरामीहरु उपचारका लागि यहाँ आउने गरेका छन् ।
विशेषगरी दीर्घकालिन रोगहरु कम्मर,घुँडा दुखाई, प्यारालाइसिस, नशा च्यापिने समस्या, बाथ, हड्डी खिइने ,हाडजोर्नी सम्बन्धी समस्या, मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, जस्ता रोगहरुको उपचार हुँदै आएको छ ।
अव्यवस्थित जीवनशैलीका कारण लाग्ने रोगहरुको उपचार प्राकृतिक उपचार पद्धतिवाटै निको गराउन सकिने कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णको भनाई छ । अस्पतालमा डक्टर सहित ८ जना कर्मचारी कार्यरत रहेका छन ।

समाचार
थप सामाग्री
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
१ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीमा घाँस काट्न जाँदा भिरबाट लडेर २८ वर्षीय एक युवकको ज्यान गएको छ । घरबाट…


