आनन्द आश्रमको वैचारिक गोष्ठी सम्पन्न

स्याङ्जा :

आँधीखोला गाउँपालिका–६ फापरथुममा आनन्दआश्रम ज्ञान केन्द्रको ३० औँ अध्याय एवं साहित्यिक तथा वैचारिक गोष्ठी शनिबार सम्पन्न भएको छ ।

गोष्ठीमा फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो । आनन्दआश्रमको अभियानले ग्रामीण समाजलाई निकै उन्नत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बानियाले बताउनुभयो ।

गोष्ठीमा साहित्यकार दिवाकर सुवेदी, शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले कविता र कथा सुनाउनुभएको थियो । यस्तै, टिकाराम ढकाल वनपाले, संरक्षक त्रिलोचन ढकाल, डाक्टर ऋषिराम ढकाल र रिदम ढकालले आनन्दआश्रमका गतिविधि र भाबी योजना सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP