वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण

वालिङ :
स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा ३ दिने तमु भाषा खेमालिपि सम्बन्धी प्रशिक्षण शुरु भएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगलाल सुवेदीले आफ्नो भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न स्वयं समुदाय नै अग्रसर हुनुपर्ने भन्दै यो प्रशिक्षणले भाषा संरक्षणका लागि थप टेवा पुग्ने बताउनुभएको छ । तमु जाति पनि संस्कार संस्कृतिको धनी जाति रहेको भन्दै यो भाषा प्रशिक्षणले नयाँ पुस्तान्तरणमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रीय परिसद केन्द्रीय उपध्यक्ष ले याम बहादुर गुरुङ, केन्द्रीय पार्सद नर बहादुर गुरुङ, जिल्ला अध्यक्ष रबि गुरुङ, वडा न १२ का वडा अध्यक्ष विश्वजंङ गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय उपाध्यक्ष भोज राज गुरुङ लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तमु खेमालिपि अभियन्ता भिम बहादुर गुरुङले तमु भाषा प्रशिक्षणको सहजिकरण गर्नुहुनेछ ।
वालिङ स्थित होटल जंङ्गलको हलमा भएको प्रशिक्षण कार्यक्रममा ५२ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । कार्यक्रम तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वर गुरुङले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…