स्याङ्जालाई पूर्णखोप सुनिश्चितता घोषणा

स्याङ्जा :
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समिति स्याङ्जाले एक कार्यक्रमका विच जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको छ । ११ ओटै पालिकाहरुले पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम सकिएपछि समितिले जिल्लालाई घोषणा गरिएको हो । १६ बर्षदेखी २३ महिना सम्मका बालबालिकालाई यो आर्थिक बर्षको सबै खोप लगाएपछि पूर्णखोप सम्पन्न भएको मानिन्छ । सोही मुताविक समितिले गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको प्रमुख सहभागितामा जिल्लालाई पूर्णखोप सुनिश्चितता गरिएको छ । जिल्ला सदरमुकाम पुतलीबजारमा विविध कार्यक्रमगरी पूर्णखोप सुनिश्चितता घोषणा गरिएको कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री पाठकले बालबालिकाले पाउनु अधिकारको संरक्षणमा स्वास्थ्य कार्यालयले खेलेको भुमिकाको प्रंशसा गरे ।

कुनैपनि रोग बालबालिकाबाटै न्युनिकरण गर्न नेपाल सरकारले सबैखोपको व्यवस्था गरेको मन्त्री पाठकले बताए । बालबालिकाको स्वास्थ्यलाई जहिलेपनि स्वस्थ बनाउन सबैले यो अभियानमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा.विश्वबन्धु वगालेले सरकारले ल्याएका हरेक कार्यक्रममा सबैको साथ र सहयोग भयो भने सफलता पाउने बताए । यो अभियान पनि हरेक नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु कै साथ सहयोगले सफल भएको वगालेले बताए ।

घोषणा कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परर्शुराम शर्मा लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाँई, संचालन मित्रप्रसाद अर्यालले गरे.का थिए ।

जिल्लालाई पूर्णखोप सुनिश्चितता गराउन सहयोग गर्ने उत्कृष्ट ११ जना कर्मचारीलाई सम्मान गरिएको थियो । ११ ओटै पालिकाका एक—एक जना स्वास्थ्यकर्मी उत्कृष्ट खोप कार्यकर्ताका रुपमा सम्मानित भएका थिए । ११ ओटै पालिकाका स्वास्थ्य चौकी पनि पुरस्कृत भएका छन् । जसमा पुतलीबजारको चण्डीकालिका स्वास्थ्य चौकी उत्कृष्ट संस्थाको रुपमा पहिलो भएर पुरस्कृत भएको छ । त्यसैगरी दोस्रोमा गह्रौ प्रथामिक स्वास्थ्य केन्द्र वालिङ र बयरघारी आधारभुत स्वास्थ्य चौकी भीरकोट तेस्रो भएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत स्थानीयतहको मुल्याङ्कनमा कालीगण्डकी गाउँपालिका पहिलो भएको छ । ९६.६ अंक प्राप्त गरी कालीगण्डकी गाउँपालिका तेस्रो भएको हो । त्यसैगरी दोस्रोमा अर्जुनचौपारी गाउँपालिका भएको छ भने तेस्रो वालिङ नगरपालिका भएका छन् । अर्जुनचौपारी र वालिङले क्रमस ९६.४ र ९६.३ अंक प्राप्त गरेका थिए । ९५.३ अंक प्राप्त गरी भीरकोट नगरपालिका चौथो भएको छ ।

Facebook Comments Box
TOP