महिला उद्यमी संघ स्याङ्जाको अध्यक्षमा चन्द्रकला
स्याङ्जा :
स्याङ्जामा जिल्ला स्तरीय महिला उद्यमी संघ गठन गरिएको छ ।
महिला उद्यमी चन्द्रकला रानाको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी संघ जिल्ला समिति गठन भएको हो ।
पुतलीबजार नगरपालिका स्थित ब्लुपर्ल पार्टी प्यालेसमा शुक्रबार आयोजित बिशेष कार्यक्रमकाबीच सो समिति गठनको औपचारिक घोषणागरि सपथ ग्रहण गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिता पौडेल गौतम, उपाध्यक्षमा गुनकुमारी राना, महासचिवमा भवानी अधिकारी, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा करुणा पौडेल क्षेत्री कौशिला चयन हुनुभएको छ । यसैगरी, समितिको सदस्यमा रेबती पाध्या रेग्मी (रेणु), सम्झना श्रेष्ठ, हसिना बेगम, सुष्मा श्रेष्ठ, माया गोर्खाली चयन हुनुभएको हो ।
उद्यमी महिला भेला सहितको विशेष प्रशिक्षण र कार्यशाला सहितको कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागी पाकिस्तानी राजदुत अब्रार एच हास्मीले महिलालाई उद्यमसंग जोडिनु पर्ने बताउनुभयो । उद्यम बिकासका लागि नेपालमा धेरै संभावना रहेको जनाउदै उद्यमीहरुलाई उद्यममा लाग्न सुझाव दिनुभयो । दक्षिण एशियामा नेपालका महिलाका सहभागीता धेरै राम्रो भएको जनाउदै उद्यममा लागेर व्यवसाय गर्नु पर्ने बताउनुभयो । आउदा दिनमा पनि महिला उद्यमीका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


