महिला उद्यमी संघ स्याङ्जाको अध्यक्षमा चन्द्रकला
स्याङ्जा :
स्याङ्जामा जिल्ला स्तरीय महिला उद्यमी संघ गठन गरिएको छ ।
महिला उद्यमी चन्द्रकला रानाको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी संघ जिल्ला समिति गठन भएको हो ।
पुतलीबजार नगरपालिका स्थित ब्लुपर्ल पार्टी प्यालेसमा शुक्रबार आयोजित बिशेष कार्यक्रमकाबीच सो समिति गठनको औपचारिक घोषणागरि सपथ ग्रहण गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिता पौडेल गौतम, उपाध्यक्षमा गुनकुमारी राना, महासचिवमा भवानी अधिकारी, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा करुणा पौडेल क्षेत्री कौशिला चयन हुनुभएको छ । यसैगरी, समितिको सदस्यमा रेबती पाध्या रेग्मी (रेणु), सम्झना श्रेष्ठ, हसिना बेगम, सुष्मा श्रेष्ठ, माया गोर्खाली चयन हुनुभएको हो ।
उद्यमी महिला भेला सहितको विशेष प्रशिक्षण र कार्यशाला सहितको कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागी पाकिस्तानी राजदुत अब्रार एच हास्मीले महिलालाई उद्यमसंग जोडिनु पर्ने बताउनुभयो । उद्यम बिकासका लागि नेपालमा धेरै संभावना रहेको जनाउदै उद्यमीहरुलाई उद्यममा लाग्न सुझाव दिनुभयो । दक्षिण एशियामा नेपालका महिलाका सहभागीता धेरै राम्रो भएको जनाउदै उद्यममा लागेर व्यवसाय गर्नु पर्ने बताउनुभयो । आउदा दिनमा पनि महिला उद्यमीका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


