थपिए १४ जना क्षयरोगीका नयाँ बिरामी ।
वालिङ,असार ४ गते :
स्याङ्जाको वालिङ नगरपालिका–५ मा सञ्चालन भएको शिविरमा क्षयरोगका१४ जना नयाँ बिरामी फेला परेका छन् । वालिङ नगरपालिकाको स्वास्थ्य शाखाले प्रोटेबल एक्सरेको माध्यमबाट गरेको खोजपडातल शिविरमा १४ जना बिरामीको पहिचान भएको नगरपालिकाका क्षयरोग मुक्त अभियानका संयोजक मोनिका कोईरालाले जानकारी दिनुभयो ।
संयोजक कोईरालाका अनुसार वडा नं.५,६ र ७ का नागरिकहरु परिक्षणकालागि शिविरमा पुगेका थिए । शिविरमा पाँच सय ८० जनाको परीक्षण गर्दा १४ जनामा क्षयरोग पहिचान भएको हो । रोग पहिचान भएका बिरामीहरुलाई निशुल्क औषधी सेवनको व्यवस्था मिलाइएको कोईरालाले जानकारी दिनुभयो ।
क्षयरोग मुक्त अभियान चलाईरहेको नगरपालिकाले गाउँ तहमा नै पुगेर खोजपड्ताल अभियान चलाउँदै आएको छ । वालिङमा चालु आर्थिक बर्षमा ८५ जना नयाँ क्षयरोगका बिरामीको पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
प्रति लाख जनसङ्यामा २४५ जना बिरामी पहिचान गर्नु पर्ने नीति अनुसार वालिङमा कम्तीमा ११८ जना बिरामी पहिचान गर्नुपर्ने अवस्था रहेको पाण्डेले बताउनुभयो । खोजपड्ताल बढाउँदै लैजादा बिरामीको सङ्या बढ्ने उहाँको भनाइ छ ।

यसैगरी, स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा चलाउँदै आएका छन् । जिल्लाका वालिङसहित भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान सञ्चालन भएको हो ।
क्षयरोगको उच्च जोखिममा रहेका पालिका र जनसङ्ख्यालाई आधार बनाएर अभियान सञ्चालन गरिएको हो । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष दश लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिनेछ । सन् २०५० सम्ममा यो अवस्थामा पुर्याउने सरकारको योजना छ ।
क्षयरोग निवारणका लागि वालिङमा रोग पहिचान, समुदायमा जोखिम समूह पहिचान तथा स्क्रिनिङ्, रोग निदान, रोग रोकथाम र उपचार जस्ता क्रियाकलाप भइरहेको वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


