पानीपर्नासाथ खोलो हेरेर टोलाउँछन् स्याङ्जाका कृषक

स्याङ्जा :
पहाडी भेगमा वर्षा याम सुरु भएसँगै खोला तथा नदी आसपासमा रहेका खेतीयोग्य जमिन र गाउँवस्तीलाई बर्षेर्नी बाढी पहिरो तथा कटानका कारण निकै जोखिम रहेको हुन्छ । यस्तै जोखिमको रूपमा स्याङ्जाको वालिङ ११ अमले क्षेत्र पर्ने गर्दछ । उर्वर ख्यातियोग्य जमिन नजिकै वाट बग्ने च्याङदीखोलाले तीव्र कटान गर्दा ख्यातियोग्य जमिन र बस्ती बर्सेनि क्षति हुँदै गएको छ ।
जिल्लाको वालिङ ११ अमले क्षेत्रमा करिब १२ सय हेक्टर ख्यातियोग्य जमिन खोलाले कटान गर्दै आएको छ । मान्खु तथा दाङसे खोलाबाट सुरु भएको यो खोला च्याङदीखोला नामले चिनिने गर्दछ । पहाडी भेगमा बर्सादको समय सुरु भएसँगै हरेक वर्ष कटानको जोखिम हुने गर्दछ । च्याङदीखोलाले पनि बर्सेनि खेतीयोग्य जमिन कटान गरेको स्थानीय बताउँछन् । जसका कारण कृषि योग्य जमिन कटान हुँदा कृषकहरू चिन्तामा पर्ने गरेको छन् । करिब पाच सय घरधुरीले तिन सिजन खेती हुने खेतीयोग्य फाट बाझो छोड्नुपर्ने अवस्था भएपछि पानीपर्नासाथ खोलो हेरेर टोलाउनु बाहेक अरू विकल्प नरहेको स्थानीय बताउँछन् ।
खोलाले बर्सेनि अमले,ढुङ्गे,च्याउ खोला आसपासमा बढी कटान गरेको स्थानीय बताउँछन् । बलौटे माटो तथा समथर भूभाग रहेको यस क्षेत्रमा सिजन अनुसार धान मकै गुह उत्पादन हुने गर्दछ । किसानले हरेक वर्ष यहाँ उत्पादन भएको कृषि उपज बिक्रीबाट मनग्य आम्दानी समेत गर्दै आएका छन् । तर खोला कटानले समस्या बनाउँदा किसानहरू हिजोआज खेति गर्न छोड्दै जान थालेका छन् । कृषकलाई कृषिमै निर्भर गराउनका लागी सरकारले तत्काल कटान समस्या समाधानका लागी पहल गर्नुपर्ने वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पङ्गेनीले बताउनुभयो ।
बस्ती तथा खेती गर्ने जमिन सुुरक्षीत नहुँदा पछिल्लो समय यस क्षेत्रबाट बसाइ सराइ समेत बढ्न थालेको छ । खोला कटानले असर गरेको क्षेत्रमा रोकथामका लागि सम्बन्धित निकायहरूबाट पहल हुन सके बाझो रहेको जमिन पूनह प्रयोगमा आउनुका साथै यस क्षेत्रमा किसानले खेती गर्दा कृषि उत्पादन समेत बढ्न देखिन्छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…