स्याङ्जामा चार विद्यार्थीले ल्याए चार जिपिए
स्याङ्जा :
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा स्याङ्जामा चार जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । यहाँ सामुदायिक तर्फ एक जना र तिन जना निजी विद्यालयका विद्यार्थील चार जिपिए ल्याएका हुन् ।
यहाँ सामुदायिक तर्फ कालीगण्डकीको भगवती माविका प्रतिक भट्टराईले चार जिपिए ल्याउनु भएको हो ।
यस्तै निजी तर्फ वालिङको नेपाल आदर्श आवासिय माविका अप्सन सुवेदी, पायनियर आवासिय माविका प्राप्ति काफ्ले र अर्जुन चौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्डेन एकेडेमीका किन्जल देवकोलाले चार जिपिए ल्याएउनुभएको हो । यहाँ चार जनामा दुई जना छात्रा र दुई जना छात्रले चार जिपिए ल्याएका हुन् ।
यहाँ २०८१ को एसइईमा तिन हजार ७३३ जनाले परीक्षा दिएकोमा ३.६ जीपीएदेखि ४ जिपिएसम्म ३२४ जना, ३.२ जिपिएदेखि ३.६ जिपिएसम्म ७२६ जना, २.८ जिपिएदेखि ३.२ जिपिएसम्म ९५० जना, २.४ जिपिएदेखि २.८ जिपिएसम्म ४८२ जना गरी दुई हजार ५१६ जना उत्तीर्ण भएका हुन् ।
उत्तीर्णमध्ये ९० जना प्राविधिक विद्यार्थी रहेको र ६७.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । गत साल यहाँ त्रिभुवन आदर्श माविका एक विद्यार्थीले चार जिपिए ल्याएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


