स्याङ्जामा सम्मान समर्पण, बधाइ ज्ञापन तथा सिर्जना वाचन
स्याङ्जा :
वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीज्युलाई सम्मान समर्पण, प्रखर युवा साहित्यकारद्वय मिलन समीर र शम्भु अर्याललाई बधाई ज्ञापन तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’, स्याङ्जाको ३३औं पाइलाको रूपमा आयोजना गरिएको कार्यक्रम वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा भव्यतापूर्वक सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाली लेखक संघद्वारा गत वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा प्रज्ञा भवन, कमलादी,काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको मानार्थ सदस्यता सम्मान समर्पण गरिएको थियो भने ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’, स्याङ्जाका संस्थापक संयोजक मिलन समीर नेपाली लेखक संघको गत चैत १६ र १७ गते शान्तिभूमि, लुम्बिनीमा सम्पन्न भएको आठौं राष्ट्रिय अधिवेशनबाट केन्द्रिय सचिवमा र संस्थापक सहयात्री शम्भु अर्याल प्रगतिशील लेखक संघको गत चैतमा काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनबाट केन्द्रिय पार्षद सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापनसमेत गरिएको थियो ।
वरिष्ठ साहित्यकार व्यक्तित्त्व देवीप्रसाद वनवासीको अभिभावकत्वमा अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रममा चण्डिकाप्रसाद भट्टराईद्वारा कार्यक्रममा वाचन गरिएका रचनाहरूमाथि केन्द्रित रहेर समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो ।
‘कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’, स्याङ्जाका संस्थापक संयोजक युवाकवि मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।
कार्यक्रममा स्याङ्जाली कवि व्यक्तित्वहरू शम्भु अर्याल, दिलीप तिवारी, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, सरस्वती अर्याल, खगेन्द्रजंग थापा, प्रेमप्रसाद सुवेदी, इन्द्रप्रसाद पाठक, ढालबहादुर के.सी., ध्रुवप्रसाद शर्मा पङ्गेनी, लेखनाथ काफ्ले, भविश्वर पङ्गेनी, पूजा रेग्मी, शान्ता थापा, चण्डिकाप्रसाद भट्टराई, मिलन समीर, देवीप्रसाद वनवासी आदिद्वारा आफ्ना उत्कृष्ट मुक्तक, गजल र कविता रचनाहरू वाचन गरिएको थियोे ।
कार्यक्रममा वाचन गरिएका रचनाहरूमध्ये उत्कृष्ट रचनाको रूपमा कवि ढालबहादुर के.सी.द्वारा वाचन गरिएको ‘देशदर्द’ शीर्षकको कवितालाई पुरस्कृत गरिएको थियोे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


