स्याङ्जामा पहिलो पटक खुल्यो सर्पदंश उपचार केन्द्र,तीन जिल्लाका नागरिक लाभान्वित ।
चापाकोट :
स्याङ्जाको चापाकोटमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको छ । गर्मी समयमा सर्पदंशका घटना बढ्ने गरेको भन्दै चापाकोट–९ स्थित चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो ।
पालिकाले सञ्चालन गरेको केन्द्रमा स्थानीय तथा छिमेकी पाल्पा तथा तनहुँ जिल्लाका नागरिकलाई समेत फाईदा पुग्ने नगरप्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । अस्पतालमा १५ सैयाको अनुमती प्रदान गरी निःशुल्क एम्बुुलेन्स सेवा समेत सुरु गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,“सर्पदंश उपचार केन्द्र स्थापना भएसगै सर्पको डसाईबाट अकालमा नै ज्यान गुमाउनु पर्ने समस्याबाट मुक्ति मिल्ने छ ।”
चापाकोट क्षेत्रमा गर्मी तथा बर्खाको समयमा बिषालु सर्पहरु अत्यधिक देखिने गरेको भन्दै प्रमुख खांणले नागरिकलाई यसबाट बचाउन उपचार केन्द्र सुरु गरिएको बताउनु भयो ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङजाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा मात्र जिल्लामा एक सय तीन जना सर्पको डसाईवाट बिरामी परेका थिए । जसमध्ये चापाकोटमा मात्र ३० जनालाई सर्पले डसेको थियो ।
गएको बैशाखबाट परीक्षण रुपमा उपचार केन्द्र सुरु गरिएको थियो । चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापना भए सगै स्थानीय खुसी भएका छन् । सर्पदंश उपचार केन्द्रमा उपचारमा आवश्यक पर्ने उपकरणहरू जडान गरिएको डाक्टर अर्जुन पाण्डेले जानकारी दिनु भयो ।
उपचार केन्द्रको मङ्गलबार प्रमुख खांणले शुभारम्भ गर्नु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


