सुरक्षित तटबन्धको आसामा कटियावासी

 स्याङ्जा :  स्याङ्जाको हरिनास गाउँपालिका ५ कटियाका कृषकहरुकोे सयौँ रोपनी  खेतीयोग्य जमिन अविरल वर्षाका कारण बाढी पहिरोले बगायो । मानो रोपेर मुरी उब्जाउने बेला गतबर्ष को अविरल वर्षासँगै जथाभाबी खनिएका ग्रामीण सडक भत्कने र पहिरो जाने कारणले किसानहरूले उत्पादन गर्ने उर्वर जमिन बगरमा परिणत भएको हो ।

बषौदेखि कृषि गरेर परिवारको गुजारा चलाउँदै आएका कृषकहरू बाढी आएको एक वर्ष पुराहुँदा समेत सुरक्षित तटबन्ध नहुँदा विगत सम्झेर स्थानीयहरू त्रसित भएका छन् ।

सदरमुकाम वाट भौगोलिक बिकटमा रहेको सो क्षेत्रका नागरिकले स्थानीय,प्रदेश सरकारसँग आवश्यक तटबन्ध गर्न माग गरेको भएपनी कुनै निकायबाट आवश्यक तटबन्धको काम हुन सकेको छैन । जसका कारण यसपालि असार लाग्ना साथ विगतको जस्तै बिपत दोहोरिने हो कि भन्ने चिन्ता रहेको हरिनास ५ का वडा अध्यक्ष निर्मल लम्सालले बताउनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP