गर्भवती तथा सुत्केरी महिलाकालागि निशुल्क एम्बुलेन्स
वालिङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाकालागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यक्रम अगाडि बढाएको छ ।
नगरपालिकाको १७ औं नगरसभाबाट पालिकाभित्रका ११ वटै वडाका गर्भवती तथा सुत्केरी महिलालाई घरबाट स्वास्थ्य संस्थामा जान र आउनकालागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ कालागि नगरसभामा नगर प्रमुख गुरुप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभाले पालिकाभित्र हल गोरु र बीउ रागो पाल्ने किसानहरुलाई वार्षिक रु. ५ हजार प्रोत्साहन अनुदान उपलब्ध गराउने, आर्थिक विपन्नताकाकारण स्वास्थ्य बीमा गर्न असमर्थ अति विपन्न परिवारकालागि निशुल्क स्वास्थ्य बीमा गरिदिने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


