ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर
स्याङ्जा:
पुतलीबजार नगरपालिकाको राङखोला बजारमा ए आई एक्स रे प्रविधिद्धारा छातीरोग तथा सक्रिय खोजपड्ताल शिविर भएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालयको समन्वय एवम् प्रादेशिक क्षेयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशको प्राविधिक सहयोगमा पुतलीबजार १० स्थित आधारभुत स्वास्थ्य केन्द्रमा सो शिविर भएको हो ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले समय समयमा हुने यस्ता शिविरहरुले समुदायमा सकारात्म्क सन्देश र सचेतनामा वृद्धि गर्ने बताउनुभयो । उहाँले पालिकाले यस्ता शिविरहरुको आयोजना गर्ने र सञ्चालन गर्ने क्रम जारी राख्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख देवी अर्यालले स्वास्थ्य शिविरहरुको आयोजना भईरहने क्रममा नयाँ प्रविधिको उच्चतम् प्रयोग गर्दा थप सहजता वृद्धि हुने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका क्षय कुष्ठ रोग अधिकृत बिष्णु सुबेदी, नगर जनस्वास्थ्य अधिकृत अनिशा सुवेदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
शिविरमा ३ सय ६७ जनाको स्वास्थ्य परिक्षण गर्दा ४ जनामा क्षयरोगका संक्रमण देखिएको बताइएको छ । थप १८ जना सम्भावित क्षयरोगको संका लागेका बिरामीहरुको नमुना संकलन गरी प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरामा पठाईएको छ ।
वडा अध्यक्ष अग्नीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत इश्वर थापाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


