स्याङ्जामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालकलाई सचेतना कक्षा
स्याङ्जा :
दुर्घटना न्यूनीकरण गर्ने र यात्रुहरुको सुरक्षित यात्रा तय गर्ने उद्देश्य सहित बिहीबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालक लाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ।
हरेक हप्ताको एक दिन बिहीबार दिउँसो २ बजे देखि ३ बजेसम्म जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सञ्चालन गर्ने र सचेतना कक्षामा अनिवार्य सहभागी हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनु भयो।
त्यसै गरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएमा नियमानुसार जरिवाना तिर्नुपर्ने चौधरीले बताउनुभयाे। सूचना अधिकारी चौधरीले सचेतना कार्यक्रमले सवारी चालकलाई सडक दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न मा र समग्र सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने र सवारी चालकलाई जिम्मेवारी बनाउने विश्वास लिने पनि जानकारी गराउनुभयो।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


