स्याङ्जामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालकलाई सचेतना कक्षा

स्याङ्जा :

दुर्घटना न्यूनीकरण गर्ने र यात्रुहरुको सुरक्षित यात्रा तय गर्ने उद्देश्य सहित बिहीबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालक लाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ।

हरेक हप्ताको एक दिन बिहीबार दिउँसो २ बजे देखि ३ बजेसम्म जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सञ्चालन गर्ने र सचेतना कक्षामा अनिवार्य सहभागी हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  प्रसन्न राज चौधरीले जानकारी दिनु भयो।

त्यसै गरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएमा नियमानुसार जरिवाना तिर्नुपर्ने चौधरीले  बताउनुभयाे। सूचना अधिकारी चौधरीले सचेतना कार्यक्रमले सवारी चालकलाई सडक दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न मा र समग्र सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने र सवारी चालकलाई जिम्मेवारी बनाउने विश्वास लिने पनि जानकारी गराउनुभयो।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP