वालिङ बहुमुखी क्याम्पसमा साप्ताहिक खेलकुद
वालिङ :
नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा साप्ताहिक खेलकुद शुरु भएको छ । विद्यार्थीहरुको प्रतिभाको खोजी र अतिरिक्त कार्यक्रम अनुसार नेविसंघ वालिङ क्याम्पसले साप्ताहिक खेलकुद अगाडी सारेको हो । बिहिवारबाट शुरु भएको साप्ताहिक खेलकुद कार्यक्रम नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष गौरव प्रधानले उद्घाटन गरेका थिए । खेलकुदको उद्घाटन गर्दै नेविसंघ जिल्ला अध्यक्ष प्रधानले नेविसंघ पढाई सगै विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई अगाडी बढाउने संगठन भएको बताए । विद्यार्थीको हकअधिकारको रक्षा गर्ने एकमात्रै संगठन नेविसंघ भएको धारणा व्यक्त गर्दै विद्यार्थीको क्षमता अभिबृद्धि र प्रतिभा खोजीका लागि आयोजना गरिएको साप्ताहिक खेल प्रतियोगिता महत्वपुर्ण रहेको बताए ।
शुभारम्भका दिन ३ खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । फागुन ८ गतेदेखी शुरु भएको खेलकुद प्रतियोगिता ११ गते सम्पन्न हुने नेविसंघ वालिङ बहुमुखी क्याम्पस इकाई सभापति निरज श्रेष्ठले जानकारी दिए । प्रत्येक दिन फरक—फरक खेलकुद प्रतियोगिताको आयोजना गरिएको उनले बताए । बिहिवार सम्पन्न भएका तीन खेलकुद प्रतियोगिता अन्तर्गत चियर घुमाई प्रतियोगितामा संयोग पंगेनी प्रथम, राधिका कुँवर दोस्रो र नम्रता पौडेल तेस्रो भएका छन् । त्यसैगरी तातो आलु खेलकुद प्रतियोगितामा प्रथम रोशनी अर्याल, क्रिस कुँवर दोस्रो भएका थिए ।
त्यसैगरी घैटो फुटाई प्रतियोगितामा १५ जना सहभागी भएका मध्ये ३ जनाले घैटो फुटाउन सफल भएका थिए । घैटो फुटाउन रोशनी अर्याल, मनिका केसी र सन्दिप पंगेनी सफल भएको नेविसंघ वालिङ इकाई सचिव बविन पाठकले जानकारी दिए । शुक्रवार कवडी खेल प्रतियोगिता, डोरी तान्ने खेल प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता हुने छ । शनिवार क्याम्पसका विद्यार्थीहरु बिच मैत्रीपुर्ण भलिवल प्रतियोगिता र आईतवार भलिवल प्रतियोगिताको फाइनल खेल र समापन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सफल हुने खेलाडीहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेविसंघ वालिङ क्याम्पस सभापति श्रेष्ठले बताए । हरेक ३÷३ महिनामा नेविसंघले विभिन्न विद्याका साप्ताहिक खेलकुद प्रतियोगिता आयोजना गरिरहने श्रेष्ठले बताए । नेविसंघले आयोजना गरेको खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको उत्साहाजनक सहभागिता भएको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


