धनराज गुरुङको पहलमा स्याङ्जाका विपन्न बिरामीहरूका लागि निशुल्क उपचारको व्यवस्था

dhanraj and sunil sharma

स्याङ्जा, फागुन ११ – स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ।  धनराज गुरुङको विशेष अनुरोधमा काठमाण्डौं मेडिकल कलेज (KMC) का प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गरेका छन्।

यस योजना अनुसार, यही चैत्र ४ गते काठमाण्डौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका ती बिरामीहरूलाई अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिनेछ। बिरामीहरूले औषधि, औषधिजन्य सामग्री र खानाको व्यवस्था भने आफैं गर्नु पर्नेछ।

माननीय धनराज गुरुङको पहलमा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण

स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका स्याङ्जा क्षेत्र नं. २ का संघीय सांसद तथा वरिष्ठ अधिवक्ता धनराज गुरुङ सामाजिक कार्यमा अग्रसर नेताका रूपमा चिनिन्छन्। समाजसेवा र जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकहरूलाई सहयोग पुर्‍याउने महत्वपूर्ण काम गरेका छन्।

धनराज गुरुङको यो पहल स्याङ्जाका निम्न आर्थिक वर्गका नागरिकहरूका लागि अत्यन्त राहतदायी बन्ने देखिन्छ। नेपालमा अझै पनि हजारौं नागरिक आर्थिक समस्याका कारण उचित उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन्। यो सहयोगले विपन्न वर्गका बिरामीहरूलाई जीवनरक्षाको अवसर प्रदान गर्नेछ।

बिरामीहरूले के गर्नुपर्छ?

निशुल्क उपचारको लाभ लिन इच्छुक बिरामीहरूले उपचारका लागि आउँदा निम्न कागजात लिएर आउनुपर्नेछ:

  1. स्वास्थ्य बिमा गरेको भए बिमा कार्ड अनिवार्य
  2. यदि बिमा छैन भने स्थानीय निकायबाट प्राप्त विपन्नताको सिफारिस पत्र आवश्यक

थप जानकारी र सम्पर्क

बिरामी तथा सम्बन्धित व्यक्तिहरूले थप जानकारीका लागि  धनराज गुरुङको सचिवालयमा सम्पर्क गर्न सक्नेछन्।
📞 सम्पर्क व्यक्ति: भुपराज बस्याल
📞 सम्पर्क नम्बर: 9851110850

समाजसेवाको मार्गमा सकारात्मक पहल

स्वास्थ्य उपचारको अभावमा कोही पनि अकालमा मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले यो योजना अगाडि सारिएको हो। यस कार्यले नेपालमा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। माननीय धनराज गुरुङ र डा. सुनिल शर्माको यस किसिमको योगदानलाई स्थानीय नागरिकले अत्यन्त सकारात्मक रूपमा लिएका छन्।

यस अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई ठूलो राहत दिनेछ। यस्तो महत्त्वपूर्ण समाजसेवी कार्य निरन्तर जारी रहोस् भन्ने कामना गर्दै, स्याङ्जाका सम्पूर्ण विपन्न बिरामीहरूलाई आवश्यक कागजातसहित उक्त मितिमा अस्पतालमा उपस्थित हुन अनुरोध गरिन्छ।

Facebook Comments Box
TOP