गल्याङ जेसीजको पदस्थापनाका अवसरमा पत्रकार डुम्रे सहित तीन जना सम्मानित ।

वालिङ :
गल्याङ जेसीजले पत्रकार राधाकृष्ण डुम्रे सहित तीन जनालाई सम्मान गरेको छ । स्याङ्जाका क्रियाशिल पत्रकार डुम्रेलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । दुई दशक भन्दा धेरै समय देखि पत्रकारितामा सक्रिय रहनु भएका डुम्रे पत्रकार महासंघ स्याङ्जाका निवर्तमान् उपाध्यक्ष तथा प्रेस युनियन गण्डकी प्रदेशका लेखा समिति संयोजक हुनुहुन्छ ।
यस्तै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पुरस्कार’ प्रदान गरिएको छ । गाउँपालिकाको समग्र विकास र युवा पुस्ताको लागि प्रेरणदायी काम गरेको भन्दै तिवारीलाई पुरस्कृत गरिएको गल्याङ् जेसीज बर्ष २०२४ अध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा लोकगायक बिक्रम परियारलाई लोकसंगीतका क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार प्रदान गरिएको छ ।
तीनैजनालाई गल्याङ् जेसीजको सातौं पदस्थापनको अवसरमा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले पुरस्कृत गर्नु भएको हो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख भट्टराईले युवाहरुलाई सामाजिक तथा आर्थिक प्रगतीमा जोड्न जेसीजको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । गल्याङ जेसीजका मानार्थ सदस्य समेत रहनु भएका मेयर भट्टराईले जेसीजसँग मिलेर युवा सशक्तिकरण र व्यावसायिकताका क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले युवाहरुको क्षमता विकासमा जेसीजको महत्वपूर्ण भूमिका भएको बताउनु भयो ।
सो अवसरमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलाल,वालिङ जेसीजका पूर्ब अध्यक्ष तथा वालिङ बहुमुखी क्याम्पसका प्रमुख भिम प्रसाद पंगेनी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष खगेन्द्र भण्डारीले युवाहरुको सक्रियताका कारण नै स्थापनाको छोटो अवधीमा नै गल्याङ जेसीजले महत्वपूर्ण उपल्धी हासिल गरेको बताउनु भयो । अध्यक्ष भण्डारीले आफूले एक बर्षमा गरेका क्रियाकलापकाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बर्ष २०२५ का अध्यक्ष ज्ञानेन्द्र पाठक सहितका पदाधिकारिहरुको पदस्थापना गरिएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाठकले आफ्नो एक बर्षको योजना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ जेसीजका पूर्ब अध्यक्ष दबेन्द्रदेव खनाल,महासचिव साधना न्यौपाने लगायतले बोलेका थिए ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…