अर्जुनचौपारीमा एकीकृत शिविर सञ्चालन

वालिङ :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले समुदायस्तरमा नागरिकता तथा घटनादर्ता लगायतका सरकारी कागजातको समस्या समाधान गर्न एकीकृत शिविर सञ्चालन गरेको छ । राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्ता लगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन नसकेका, समस्या भएका वा पूरानो भएर नष्ट भएका कागजातहरु समुदाय स्तरमै प्राप्त गर्ने वातावरण मिलाउन अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर १४ दिने शिविर नै सञ्चालन हुने गरी सुरु गरेको हो।
सरकारी कागजातको समस्या पहिचान सहजीकरण तथा समाधानका लागि १४ दिने एकीकृत शिविर वडा नम्बर ३ को वडा कार्यलयबाट सुचारु भएको छ। यो कार्यक्रम मार्फत प्रत्येक वडाका विभिन्न स्थानबाट सेवाप्रवाह गरिनेछ। उक्त कार्यक्रमबाट प्रवाह हुने सेवाहरुमा पञ्जीकरणसम्बन्धी सहजीकरण, आँखा परीक्षण तथा उपचार, माटो, गोबर परीक्षण तथा उपचार, कृषि रोगसम्बन्धी प्रशिक्षण तथा औषधि वितरण, पानी परीक्षण, स्वास्थ्य परीक्षण तथा उपचार,उद्यम विकास सहजीकरण तथा बालश्रम सर्वेक्षण एवम् रोजगारी स्थिति सर्वेक्षण, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित कार्ड नवीकरण तथा नयाँ कार्ड वितरण लगायतका अन्य समेत सेवा रहनेछन्।
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार विभिन्न कारणले सरकारी कागजातहरु प्राप्त गर्न नसकेका सर्वसाधारणको पहिचान गर्ने, पालिकाको तर्फबाट हुन सक्ने सहजीकरण गरी कागजात उपलब्ध गराउने उद्देश्यका साथ एकिकृत शिविर गरिएको हो । साथै शिविरमा उपलब्ध हुन नसक्ने कागजातहरुको स्पष्ट कारण खोजी माथिल्लो तहमा पेश गर्ने तथा कानूनी र नीतिगत समस्या देखिएमा कानून समेत संशोधनको लागि प्रस्ताव गरिनेछ ।
यस कार्यका लागि अर्जुनचौपारी गाउँपालिकाले जिल्लामा समेत कर्मचारी खटाई जिल्लास्थित कार्यालयहरुसँग समन्वय गर्ने, सरकारी कागजातहरु प्राप्त गर्नका लागि पालिकाले सदरमुकामसम्म सेवाग्राहीलाई लैजान र ल्याउन निशुल्क यातायात सेवा उपलव्ध गराउने समेत तयारी गरेको अध्यक्ष तिवारीले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…