कालीगण्डकीमा खेलकुद महोत्सव सुरु ।
स्याङ्जा :
कालीगण्डकी गाउँपालिकामा छैटौ अध्यक्ष कप खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
गाउँपालिका वडा –७ को मिर्मी खेल मैदान सुरु भएको खेलकुद महोत्सवको सूचना तथा सञ्चारमन्त्री गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको हो । खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि गाउँपालिकाले महोत्सवको अयोजना गरेको हो ।
तीन दिनसम्म चल्ने खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टर (एकल तथा डबल), टेबल टेनिस (एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् ।
२२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकमा प्रतिस्पर्धा हुने महोत्सवमा करिब सातसय महिला तथा पुरुष खेलाडी सहभागी छन् । सात वडा रहेको यस पालिकामा हरेक वडाबाट ९८ जनाको दरले खेलाडी सहभागी रहेको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
विजेता तथा उपविजेता खेलाडीलाई पाँच लाख १० हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । १५ लाख रुपियाँ बराबरको खर्च हुने अनुमान पालिकाले गरेको छ । महोत्सवमा सहभागी खेलाडीले खेल मैदानमा मार्चपास समेत गरेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


