कालीगण्डकीमा खेलकुद महोत्सव सुरु ।

स्याङ्जा :
कालीगण्डकी गाउँपालिकामा छैटौ अध्यक्ष कप खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
गाउँपालिका वडा –७ को मिर्मी खेल मैदान सुरु भएको खेलकुद महोत्सवको सूचना तथा सञ्चारमन्त्री गुरुङले शुक्रबार उद्घाटन गर्नुभएको हो । खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि गाउँपालिकाले महोत्सवको अयोजना गरेको हो ।
तीन दिनसम्म चल्ने खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टर (एकल तथा डबल), टेबल टेनिस (एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् ।
२२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकमा प्रतिस्पर्धा हुने महोत्सवमा करिब सातसय महिला तथा पुरुष खेलाडी सहभागी छन् । सात वडा रहेको यस पालिकामा हरेक वडाबाट ९८ जनाको दरले खेलाडी सहभागी रहेको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
विजेता तथा उपविजेता खेलाडीलाई पाँच लाख १० हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । १५ लाख रुपियाँ बराबरको खर्च हुने अनुमान पालिकाले गरेको छ । महोत्सवमा सहभागी खेलाडीले खेल मैदानमा मार्चपास समेत गरेका छन् ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…