भगवती माविलाई पाँचौं राष्ट्रपति रनिङ शिल्ड उपाधि ।
वालिङ :
भगवती माविले पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा भगवती माविले आठ स्वर्ण, पाँच रजत र पाँच काँस्य गरी १८ पदक जित्दै रनिङ सिल्ड हात पारेको हो ।
प्रतिस्पर्धामा आदर्श माविले चार स्वर्ण, चार रजत र सात कास्य पदक जितेर दोस्रो बनेको छ । यस्तै ध्रुवज्योती माविले चार स्वर्ण, एक रजत र चार काँस्य पदक जितेर तेस्रो बनेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार २८ स्वर्ण, २८ रजत र ३० काँस्य पदकका लागि १४ विद्यालयले प्रतिस्पर्धा गरेका हुन् ।
कक्षा एक देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा चम्चा दौड, म्युजिकल चियर,दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भलिबल, कबड्डी, डोरी तान्ने लगायतका खेल भएको थियो ।
विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्नुहँदै गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले खेल क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो । कालीगण्डीमा फरक फरकशैलीका खेलहरु सञ्चालन भईरहेको उहाँको भनाई छ । कालीगण्डकी गाउँपालिकाले २०७७ सालबाट प्रतियोगिता गर्दै आएको जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


