स्याङजाका विद्यार्थीले घन्काए पन्चेबाजा
स्याङ्जा :
बाल दिवसका अवसर पारेर स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता गरिएकोे छ । पुतलीबजार नगरपालिका १ स्थित त्रिुभवन आदर्श नमूना माध्यमिक बिद्यालयमा प्रतियोगिता गरिएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला बाल संजाल र जिल्ला बाल अधिकार समिति स्याङ्जाको सहआयोजनामा बालबालिकाको समूहबीच जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा कालीगण्डकी गाउपालिकाको जनता मावि प्रथम भएको छ । आधीखोलाको जनहित मावि दोश्रो र त्रिसहिद माविले तेस्रो स्थान पाएका छन् । विजयी हुने समूहलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेकी थिइन् । प्रतियोगितमा प्रथम, द्धित्तिय र तृतीय हुनेले छ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्लाभरका १२ विबद्यालयका बाल समूह प्रतिस्पर्धामा थिए ।
प्रतियोगिताको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लोकप्रिय वाजाको सम्बद्र्धन र संरक्षण गर्दै पुस्तान्तरणका लागि यस्ता कार्यक्रम अन्तयन्तै उपयोगी हुने बताइन् । आउदा दिनमा पनि यस्ता ऐतिहासिक कला र सम्पतीको संरक्षण गर्ने खालका अन्य गतिबिधि समेत संचालन गर्न उनले सुझाव दिए । कार्यक्रममा त्रिभुवन आर्दश माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । जिल्ला बाल संजालका अध्यक्ष सुजाता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपााध्यक्ष आरती बस्यालले स्वागत एवं सहसचिव दृष्ट्रि शर्मा र सदस्य यूनिक तिवारीले संचालन गरेकी थिइन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


