अर्जुनचौपारी : गणेश चतुर्थीमा रोपियो १०८ पिपलका बिरुवा
स्याङ्जा :
अर्जुनचौपारी गाउँपालिकाले वडा नम्बर १ पञ्चकन्या धार्मिक वन केटीचौरमा १०८ वटा पिपलका बिरुवा रोपण गरेको छ ।
पञ्चकन्या मन्दिर निर्माण समितिको सक्रियतामा पालिकाले शनिबार गणेश चतुर्थीको दिन पारेर केटीचौरमा पिपलका बिरुवा रोपेको हो ।
शनिग्रहको विशेष र शुभको रूपमा हेरिने भएकाले धार्मिक वन बनाउने उद्देश्यले पिपलको बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
गणेश चतुर्थीको दिन पिपलको बिरुवा रोप्ने योजना बनाए पनि बिरुवा नपाउँदा समस्या बनेको बताउँदै तिवारीले सबै पालिकाकावासीको सहायताले सफल भएको बताउनुभयो ।
नयाँ धार्मिक गन्तव्यको रूपमा विकास भइरहेको यस ठाउँमा पालिकाको सक्रियतामा नवग्रह मन्दिरको निर्माण समेत तीव्र रूपमा अगाडि बढाइएको छ । यही नवग्रह मन्दिरको छेउछाउमा पिपलको बिरुवा रोपिएको हो ।
नेपालमा पहिलो पटक बनाउन लागिएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको आसामको चित्रसालको पहाडमा मात्र रहेको छ ।
नौ वटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतीक रहने छन् भने त्यसमाथि चतुर्भुज आकारको १४ फुटको पिल्लर रहने छ ।
पिल्लरको सबै भन्दामाथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहने छ भने यहाँ रहने प्रतिमा हिन्दुधर्मका कहिलिएका धार्मिक ज्योतिषीको निर्देशनमा भारतमा बनाइएको छ।
एक वर्षमा मन्दिर पहिलो चरणमा निर्माण सकिने छ भने आगामी वर्षको गणेश चतुर्थीमा पालिका नै बिदा गरेर पूजा गरिने तिवारीले बताउनुभयो ।
नवग्रह मन्दिरसँगै बनाइने षट्कोणमा बिचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिने छ ।
पालिकाले १० करोडको डीपीआर बनाएर काम थालेको छ भने अहिलेसम्म २५ लाख खर्च भएको छ । नेपाल सरकारको भन्दा पनि सहयोगी दाताबाट निर्माण गर्ने लक्ष्य लिइएको पालिकाले जनाएको छ ।
पहिलो चरणमा प्रदेश सरकारले समपूरक बजेटबाट ४० करोड विनियोजन गरेको र २० लाख पालिकाले थपेर काम अगाडि बढाइने छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …