जहाज दुर्घटनामा ज्यान गुमाएका छोराबुहारीको स्मृतिमा बालगृहमा अक्षयकोष ।
वालिङ :
जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नु भएको हो ।
स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपालको बालगृहमा एक लाख ११ हजार १११ को अक्षय कोषको स्थापना गर्नु भएको हो । सीताले बालगृहमा रहेका बालबालिकाहरुको पढाईलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो,“बालगृहमा अभिभावक विहिन नानीबाबु छन् उनीहरुको शिक्षामा सहयोग पुगोस् भनेर कोषको स्थापना गरेकी हुँ ।”
बलगृहमा ३४ जना बालबालिकाले आश्रय लिएर बसेका गृहकी आमा कमला पराजुलीले बताउनु भयो । विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा आफूले काम गर्दै आईरहेको उहाँको भनाई छ ।
२०७९ साल माघ १ गते पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा परेर राजन र अनिसाको मृत्यु भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


