जहाज दुर्घटनामा ज्यान गुमाएका छोराबुहारीको स्मृतिमा बालगृहमा अक्षयकोष ।
वालिङ :
जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नु भएको हो ।
स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपालको बालगृहमा एक लाख ११ हजार १११ को अक्षय कोषको स्थापना गर्नु भएको हो । सीताले बालगृहमा रहेका बालबालिकाहरुको पढाईलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो,“बालगृहमा अभिभावक विहिन नानीबाबु छन् उनीहरुको शिक्षामा सहयोग पुगोस् भनेर कोषको स्थापना गरेकी हुँ ।”
बलगृहमा ३४ जना बालबालिकाले आश्रय लिएर बसेका गृहकी आमा कमला पराजुलीले बताउनु भयो । विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा आफूले काम गर्दै आईरहेको उहाँको भनाई छ ।
२०७९ साल माघ १ गते पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा परेर राजन र अनिसाको मृत्यु भएको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


