सहकारीको रकम अपचलन गरेको आरोपमा दुईजना पक्राउ ।
वालिङ :
सहकारीको रकम अपचलन गरेको आरोपमा स्याङ्जामा दुई जना पक्राउ परेकाछन् । जिल्ला सदरमुकाम पुतलीबजारको बाडखोलामा मुख्य कार्यालय रहेको सुर्योदय बचत तथा ऋण सहकारीको सेवा केन्द्रबाट रकम हिनामिना गरेको भन्दै दुईजना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिरुवा गाउँपालिकामा रहेको सहकारीको सेवा केन्द्रका अध्यक्ष तारेन्द्र बहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीको ३ करोड ६६ लाख रकम हिनामिना भएको भन्दै सहकारीका प्रमुख व्यवस्थापक ध्रुव नारायण श्रेष्ठ तथा बचतकर्ताहरुले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा छानविन गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले दुईसाता अगाडि बिरुवा सेवा केन्द्रका तत्कालिन व्यवस्थापक जीवन वाग्लेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । वाग्लेको बयानका आधारमा प्रहरीले सेवा केन्द्रका अध्यक्ष केसी, सचिव सुर्यबहादुर कुँवर र मुक्तिनाथ बैंकका कर्मचारी भण्डारीलाई पक्राउ गर्न जिल्ला अदालतसँग अनुमति मागेको थियो । अदालतको आदेश अनुसार केसी र भण्डारीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


