कुखुरा फार्ममा चितुवा पस्यो
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका –१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले सञ्चालन गर्दै आउनुभएको लोकल कुखुरा फार्ममा चितुवा पसेर कुखुरा मारेको छ ।
खोरभित्र पसेको चितुवाले ९८ वटा स्थानीय जातका कुखुरा मारेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँका अनुसार खोरको ढोका र जाली च्यातेर भित्र पसेको चितुवाले कुखुरा र टर्की मारेको हो ।
स्थानीय प्रजातिका कुखुरा पालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका वडाध्यक्ष कुँवरले स्थानीय जातका अण्डासमेत उत्पादन गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो, “कुखुरा र अण्डा उत्पादन र बिक्री गरेर मासिक ३० हजार आम्दानी गर्दै आएको थिएँ, चितुवाले सबै तहसनहस पारिदियो ।”
चितुवाको आक्रमणबाट कुखुरा र टर्की गरेर झण्डै दुई लाख क्षति पुगेको अध्यक्ष कुँवरले बताउनुभयो । प्रहरीले क्षतिको मुचुल्का गरेको जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


