कुखुरा फार्ममा चितुवा पस्यो
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका –१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले सञ्चालन गर्दै आउनुभएको लोकल कुखुरा फार्ममा चितुवा पसेर कुखुरा मारेको छ ।
खोरभित्र पसेको चितुवाले ९८ वटा स्थानीय जातका कुखुरा मारेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँका अनुसार खोरको ढोका र जाली च्यातेर भित्र पसेको चितुवाले कुखुरा र टर्की मारेको हो ।
स्थानीय प्रजातिका कुखुरा पालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका वडाध्यक्ष कुँवरले स्थानीय जातका अण्डासमेत उत्पादन गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो, “कुखुरा र अण्डा उत्पादन र बिक्री गरेर मासिक ३० हजार आम्दानी गर्दै आएको थिएँ, चितुवाले सबै तहसनहस पारिदियो ।”
चितुवाको आक्रमणबाट कुखुरा र टर्की गरेर झण्डै दुई लाख क्षति पुगेको अध्यक्ष कुँवरले बताउनुभयो । प्रहरीले क्षतिको मुचुल्का गरेको जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


