बाँझो जग्गामा ड्र्यागन फ्रुट खेती
स्याङ्जा :
स्याङ्जा कालीगण्डकी गाउँपालिकाले आफ्नो बाँझो जमिनमा ड्र्यागन फ्रुट (सिउँडीफल) को खेती गर्न थालेको छ । पालिकाले आर्थिक वर्ष २०७६/७७ मा बाँझो जग्गामा थालेको नमुना ड्र्यागन फ्रुटले उत्पादन दिन थालेको छ ।
पालिका लागि ड्र्यागन फ्रुट आम्दानीको स्रोत बनेको छ । पालिकाले परीक्षणका रूपमा वडा नं ४ बिर्घामा २४ रोपनी र वडा नं. ५ जैपतेमा एक रोपनी जमिनमा ड्र्यागन खेती थालेको थियो । पालिकाले काभ्रे र रौतहट जिल्लाबाट ड्र्यागनका बिरुवा ल्याएर बाँझो जमिन १५ वर्षलाई भाडामा लिएर खेती विस्तार गरेको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
उहाँले ड्र्यागन फ्रुटबाट राम्रो आयआर्जन गर्न थालेको बिरुवा पनि तयार गर्न थालेको जानकारी दिनुभयो । यहाँका किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले पालिका आफैँले सुरु गरेको ड्र्यागन खेतीले राम्रोसँग फल दिन थालेको थापाले बताउनुभयो ।
पालिकाले गत वर्ष ड्र्यागन फ्रुटबाट डेढ लाखभन्दा बढी आम्दानी गरेको थियो भने यो वर्ष दुई लाख ४६ हजार रुपियाँको बेचिसकेको र पाँच लाखसम्म पुग्ने अनुमान पालिकाले गरेको छ ।
अध्यक्ष थापाले खेतीका लागि सङ्घीय सरकार र पालिकाको गरेर ९० लाख लगानी लागेको बताउनुभयो । कृषि अधिकृत अनुप पौडेलले एक हजार छ सय पिल्लरमा चार हजार आठ सय वटा ड्र्यागन फ्रुट रोपिएको बताउनुभयो । पालिकामा ड्र्यागन खेती थालेपछि स्थानीय किसानले समेत ड्र्यागन खेती थालेको बताउनुभयो ।
पालिकाले खेती विस्तार कार्यक्रम अन्तर्गत ड्र्यागन फ्रुटको बिरुवाका लागि ५० प्रतिशत र पिल्लर निर्माणमा शतप्रतिशत अनुदानको व्यवस्था गरेको हो । यहाँ उत्पादित फल स्थानीय बजारमा खपत भएको छ भने अन्य बजारमा भन्दा केही सस्तो दरमा उपलब्ध गराउँदै आएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


