गृहसचिवले अनावरण गरेको इलाका प्रशासन वालिङको ताम्रपत्र जग्गादाताले ढाकिदिए
वालिङ :
इलाका प्रशासन कार्यालय वालिङको भवन गृहसचिवले उदघाटन गरेपछि विवादित बनेको छ । गृहसचिव एकनारायण अर्यालले भदौ २ गते स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासनको भित्तामा टागिएको ताम्रपत्र अनावरण गरेका थिए । वालिङ नगरपालिका–९ मा निर्माण गरिएको भवन उद्घाटन लगत्तै स्थानीय जग्गादाताहरु विरोधमा उत्रिएका छन् । भवन उद्घाटनका अवसरमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै जग्गा दाताहरुले ज्ञापनपत्र बुझाउनुका साथै गृहसचिवले अनावरण गरेको ताम्रपत्र सेतो कपडाले छोपिदिएर बिरोध गरेका छन् ।
जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै शिलालेख हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घाटन गर्न माग गरेका छन् । जग्गादाता बिना सुटुक्क इलाका प्रशासन उदघाटन गर्दा जग्गादातामा चोट पुगेको उनीहरुले जनाएका छन् ।
ज्ञापनपत्र बुझाउदँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले करोडौं मुल्य पर्ने जग्गा प्रशासनलाई निशुल्क रुपमा दिएर सहयोग गरियो तर हामीलाई उदघाटनमा जानकारी समेत नदिएर बेवास्ता गरिएको बताए । भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न नदिएको उनको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिएका थिए भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क प्रदान गरेको अभिलेखमा उल्लेख छ । भवन ३ रोपनी क्षेत्रफनमा निर्माण भएको छ । भवन निर्माण भएको क्षेत्र वालिङ नगरपालिकाको महङ्गो क्षेत्र मध्ये पर्दछ ।
भवनमा राखिएको ताम्रपत्रमा उद्घाटन मिति २०८१ असार २२ लेखिएको छ तर उद्घाटन भने भदौ २ गते गरिएको थियो । भवन उद्घाटनको विषयलाई लिएर आफ्नै गृह जिल्लामा नै गृह सचिव अर्याल विवादमा परेका छन् । अहिले सामाजिक संजाल मार्फत यसको स्थानीयहरुले चर्को बिरोध गरेका छन् ।
जिल्लाका ७ पालिकालाई सेवा दिँदै आएको प्रशासनबाट नागरिकता, पासपोर्ट, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणितलगायतका कार्य हुँदै आएको छ । इलाका प्रशासन कार्यालय वालिङले वालिङ, गल्याङ तथा चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिकाका पुरै क्षेत्र तथा भीरकोट नगरपालिकाको वडा नं.४,५ र ९, बिरुवा गाउँपालिकाको वडा नं.५,६ र ७ तथा हरिनास गाउँपालिकाको वाड नं.४,५ र ६ कार्य क्षेत्र रहेको छ ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा सहायक प्रजिअ दीपक पौडेलले पुर्व निर्धारित समयमा भवन उदघाटन गर्न नसकिएकाले अनौपचारीक रुपमा भवन उदघाटन गरिएको जानकारी दिए । असार २२ गते भवन उदघाटन गर्ने भनेर शिलालेख तयार पारियो सहायक प्रजिअ पौडेलले भने,‘उक्तदिन देशभर मनसुनको प्रभावले समस्या भएपछि स्थगित गरिएको थियो ।’ गृहसचिव जिल्ला अनुगमनमा आएका बेला सामान्य रुपमा अनावरण मात्रै गरिएको हो उनले भने । यसबाट जग्गादाताहरुलाई केही चोट परेछ यसमा केही गल्ती भएको स्विकार पौडेलले गरे । गृहसुचिव आउदा जिल्लाका संचारकर्मी समेत बेखबर रहेको बताइएको छ ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…