स्याङ्जामा खुला कविता प्रतियोगिता हुने
स्याङ्जा :
पुतलीबजार नगरपालिका १ मा कविता महोत्सव “खुला कविता प्रतियोगित २०८१” हुने भएको छ । पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथित र स्व. पुष्पमान श्रेष्ठको सम्झनामा यही साउन ३१ गते कविता महोत्सव तथा खुला कविता प्रतियोगता गर्न लागिएको हो ।
“नेपाली भाषा, कला, संस्कृति, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नारा महोत्सव तथा प्रतियोगिता गरिएको हो । कबिता महोत्सव तथा प्रतियोगिताका लागि श्रावण १५ गतेसम्म अमेरिका, बेलायत र मलेसियासहित नेपालका छ प्रदेश, ४८ जिल्लाबाट दर्ता भएका १९९ कवितामध्ये पाँच प्रदेश र १४ जिल्लाका २० उत्कृष्ट कविता छनाेट गरेको शुक्रबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अनन्तकुमार श्रेष्ठले जानाकारी दिनुभयो ।
प्रत्यक्ष रुपमा २० जना सहभागी रहने भए पनि अप्रत्यक्ष रुपमा सयौंको सहभागिता रहनेछ । छनाेट भएका कविता प्रतिस्पर्धीले वाचन गर्ने र निर्णायक मण्डलले उत्कृष्ट तीन कवितालाई पुरस्कृत गर्ने श्रेष्ठले बताउनुभयो । कविता प्रतियोगितामा उत्कृष्टलाई १५ हजार ५५५, द्वितीयलाई ११ हजार १११, तृतीयलाई सात हजार ७७७ र सान्त्वनाा दुई जनालाई तीन हजार ३३३ रुपियाँ पुरस्कार प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।
यस्तै ट्रष्टले कविता महोत्सव तथा प्रतियोगितासँगै सामुदायिक विधालयका विद्यार्थी सहयोग कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिकाका ४ वटा विद्यालयका पाँच सय विद्यार्थीलाई झोला, कापी, कलमसहितका शैक्षिक सामाग्री वितरण गरिनेछ । पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाउँपालिका १ र एसइइ २०८१ मा जिल्ला टपर सुसान मरासिनीलाई सम्मान गरिनेछ ।
कार्यक्रममा नेवाः परम्पराको लाखे लगायत सांस्कृतिक, विभिन्न जातजातिका भेषभूषा झाँकी प्रदर्शन गरिनेछ भने १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


