वालिङमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर
वालिङ :
वालिङमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर गरिएको छ । पाठेघरको मुखको क्यान्सरवाट बर्सेनि विरामीको संख्या वढ्दै गईरहेको र नेपालको सन्दर्भमा क्यान्सर रोगवाट मृत्यू हुने मध्ये ८.७ प्रतिशत मानिस पाठेघरको मुखको क्यान्सरवाट मृत्यू भएको अवस्थालाई मध्येनजर गर्दै वालिङ नगरपालिकाले स्क्रिनिङ शिविर सन्चालन गरेको हो । वालिङ १ को रणबीर जनहित मावि खहरेमा आयोजना गरिएको शिविरमा ५०८ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागी स्वाब संकलन गरिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।
संकलन गरिएको स्वाबको नतिजा एक महिनापछि प्राप्त हुनेछ । शिविर उद्दघाटनमा नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी गैह्रे, वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले सर्वप्रथम नागरिकको स्वास्थ्य स्वस्थ हुुनपर्ने भन्दै स्वास्थ्य सेवा सबैको सहज पहुँचमा ल्याउनका लागी नगरले स्वास्थ्यका क्षेत्रमा घुम्ती शिविरमार्फत विषेशज्ञ सेवा दिँदै आएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुले आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्ने कारण अन्तिम समयमा जटिल समस्या समेत उत्पन्न हुने अवस्था आउने भएकाले बेलैमा सचेत हुुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि ९० प्रतिशत महिलालाई १५ वर्षको उमेरभित्र एचपिभि खोप लगाउने, ७० प्रतिशत महिलाहरूको ३५ वर्ष उमेरमा एक पटक खोप लगाउने र फेरि ४५ वर्ष उमेरमा स्क्रिनिङ्ग गर्ने तथा ९० प्रतिशत महिलाको पाठेघरको मुखको रोगको पहिचान गरेर उपचार गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न सक्ने हो भने नेपालमा सन् २०३० सम्ममा ३० प्रतिशत मृत्युदर घटाउन सकिने जनाइएको छ । शिविरमा ३० वर्ष देखि ५० वर्ष उमेर समुहका महिलाहरुले सेवा लिएका हुन् ।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …