ट्राफिक प्रहरीद्धारा एक करोड बढि राजश्व संकलन
प्रकाश डोटेल,
स्याङ्जा, ९ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड भन्दा बढि राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ६ सय १० सवारी साधनलाई कारबाही गर्दा एक करोड १० लाख ९७ हजार राजश्व संकलन भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये सबै भन्दा बढि ५ हजार मोटरसाईकल कारबाहीमा पर्दा ३९ लाख १२ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारबाहीमा परेका ३६ सय ८ जिप, कार भेनबाट २६ लाख ८४ हजार राजश्व उठेको छ ।
प्रहरीले नियम उल्लंघन गर्ने १५ सय २४ ट्रकलाई कारबाही गर्दा ११ लाख २९ हजार राजश्व संकलन भएको छ भने एक हजार ९ सय ३२ बस कारबाहीमा पर्दा १४ लाख ३१ हजार ५ सय र ११ सय ६६ ट्याक्टरलाई कारबाही गर्दा ९ लाख ४५ हजार राजश्व संकलन भएको छ ।
ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा ५ वर्ष भन्दा बढि समय नविकरण नगरेका सवारी साधनलाई लनियन्त्रणमा लिएर यातायात कार्यालय पोखरामा बुझाएसँगै झण्डै २७ लाख अतिरिक्त राजश्व संकलन उठेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशर बहादुर मल्लले दाबी गरे ।
ट्राफिक प्रहरीको सक्रियतासँगै वर्षेनी राजश्व संकलनमा बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ट्राफिक प्रहरीले १३ हजार बढि सवारी साधनलाई कारबाही गर्दा १० लाख ७२ हजार राजश्व संकलन गरेको थियो । अघिल्लो वर्ष भने ७० लाख ८४ हजार मात्रै राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१ मा भएको १७ सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरले जनाएको छ । दुर्घटनामा ४ जना गम्भिर र ५ सामान्य घाईते भएका थिए । गएको वर्ष १८ सवारी दुर्घटनामा १२ जना महिला तथा पुरुषले ज्यान गुमाएको प्रहरीसँग तथ्याङ्क छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले विद्यालय तथा समुदायसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । जिल्लाको फेदीखोला, सेतिदोभान, वालिङ, गल्याङ्, छाप र चापाकोटका ट्राफिक चेकपोष्टबाट प्रहरीले सचेतनामुलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी हेमबहादुर मल्लले जानकारी दिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


