स्याङ्जा : अनलाइनबाटै नयाँ नागरिकता
स्याङ्जा :
प्रविधिको विकाससँगै स्याङ्जामा अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ । विगतबाट हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाइनबाट फर्म भरेर नागरिकता पाइने भएको छ ।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यहाँ अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै पालिकामा एकैचोटी प्रविधिको प्रयोग शुरु गरिएको हो ।
गृह मन्त्रालयले जिल्लामा रहेका ९७ वडाका सचिव र वडा अध्यक्षलाई तालिम दिएसँगै गत असार १९ गतेबाट भिरकोटले शुरुवात गरेकोमा साउन १ गतेबाट भने सबै वडामा यो प्रणाली अनिवार्य गरिएको हो ।
यो प्रणालीमा निबेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने बताउँदै अर्जुन चौपारी ३ का वडासचिव नारायण पौडेलले सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपललोड हुनेगरेको बताउनुभयो ।
प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । विगतमा कागजात नपुग्दा प्रशासन पुगेर फर्कनुपर्ने अवस्था रहेको बताउदै सप्रजिअ पौडलले सिफारिस भरेर नम्बर लिएर आउने कोही खाली नफर्कने बताउनुभयो ।
स्याङ्जामा जिल्ला प्रशासन कार्यलयबाट ५१ जना र इलाका प्रशासन कार्यालयबाट २० जना गरी ७१ जनाले अनलाइन सिफारिसमार्फत नयाँ नागरिकता लिएका छन् ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


