धार्मिक पर्यटन प्रवर्धनको लागि वालिङका युवाहरुको बोलबम टोली सल्यान तर्फ ।

राधाकृष्ण डुम्रे/वालिङ :
धार्मिक पर्यटन प्रवर्धनको लागि भन्दै स्याङ्जाको वालिङबाट बोलबमको टोली सल्यान तर्फ प्रस्थान गरेको छ । विगत २१ बर्ष देखि वालिङ बोलबम समितिले शान्तिका लागि बोलबम यात्रा गर्दै आएको छ । हरेक साउन महिनामा नेपालका विभिन्न धार्मिक स्थलमा पुगेर कालीगण्डकीको जल चढाउदै आएको बोलबम समितिले यो पटक भने धार्मिक पवर्धनका लागि शनिवार सल्यान तर्फ प्रस्थान गरेको हो । बोलबम टोलीले सल्यानको सङ्खमुल छायाँछेत्र (पिचाशेश्वर) महादेबमा कालीगण्डकीको चल चढाउने समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभयो ।
युवाहरुको सक्रियतामा भईरहेको बोलबम यात्राले युवाहरुलाई धार्मिक तथा सांस्कृतिक अभियान जोड्न सहयोग पुगेको अध्यक्ष तिवारीले बताउनु भयो । उहाँका अनुसार टोलीले देशका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्व बोकेका २० स्थलको धार्मिक भ्रमण गरिसकेको छ ।
टोलीले पाल्पा रुपन्देही, कपिलवस्तु ,अर्घाखाँची, दाङ, सल्यान ,रुकुम पुर्ब, रुकुम पश्चिम ,जाजरकोट ,दैलेख ,प्युठान ,बाग्लुङ, गुल्मी ,पर्बत लगायत विभिन्न जिल्लाको धार्मिक तथा पर्यटकीय ठाउँहरुको भ्रमण गरि साउन १८ गते वालिङ फर्कने छ ।
टोलीमा ५० जना भन्दा धेरैको सहभागिता रहेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP