बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गयो।

काठमाण्डौ:
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर ज्यान गएको विपद् प्रतिकार्यमा सक्रिय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ति शुक्रवारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो । भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने भन्दै सावधानीका लागि सूचना अर्थात् (एलो अलर्ट) पनि जारी गरेको छ । हरेक वर्ष मनसुन शुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँले ज्यान गुमाउने गरेका छन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP