स्याङ्जाका सुवेदीलाई एकै पटक दुई विश्वविद्यालयको मानार्थ विद्यावारिधी ।
स्याङ्जा :
स्याङ्जाका युवराज सुवेदीलाई दुई ओटा अन्तर्राष्ट्रिय विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गर्नु भएको छ । सुवेदी विगत लामो समयदेखि उद्यम व्यवस्थापन र साहित्य लेखनका क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको छ ।
वालिङ नगरपालिका ८ का सुवेदीलाई दुई ओटा ख्यातिप्राप्त विश्वविद्यालयले एकै पटक सो मानार्थ पदवी दिएका हुन् । काठमाडौंमा आयोजित कार्यक्रमबीच सुवेदीले मानार्थ विद्यावारिधी ग्रहण गर्नु भएको हो ।
दक्षिण एसियामा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो । अमेरिकाको मेरिल्याण्ड स्टेट युनिभर्सिटीले सुवेदीलाई पब्लिक रिलेशनसिप मेनेजमेन्टमा मानार्थ विद्यावारिधीको उपाधि दिएको हो ।
त्यसैगरी हेसन इन्टरनेशनल युनिभर्सिटीले पनि सुवेदीलाई सो मानार्थ पद्वी प्रदान गरेको छ । दक्षिण एसियाका एक दर्जन व्यक्तित्वलाई यस्तो पदवी प्रदान गरिएकोमा एकै पटक २ ओटा विश्वविद्यालयबाट विद्यावारिधी पाउनेमा सुवेदीमात्र हुनुहुन्थ्यो ।
सुवेदी हाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको कृषि समितिका अध्यक्ष समेत रहनु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


