चट्याङले क्षति पु¥यायो

वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिकाको तर्लेमा चट्याङले क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नम्वर ८ तर्ले पिपलडाँडामा रहेको एक घरमा चट्याङले क्षति पु¥याएको हो ।
शुक्रबार राती करिव साढे एक बजेको समयमा पिपलडाँडामा टोपबहादुर थापाको घरमा चट्याङले क्षति गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ८७ वर्षीय थापाको टिनले छाएको १ तले गोठमा चट्याङ् पर्दा गोठमा रहेको २ वटा भैसी मृत्यु भएको छ भने १ वटा पाडो घाईते गराएको छ । यसकासाथै एक वटा हाते ट्याक्टर र मिनि मिल जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार चट्याङबाट मानवीय क्षति नभए पनि सबै गरेर रु. २ लाख ४५ हजार बराबरको नोक्सान भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…