स्याङ्जामा लागु औषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको साताब्यापी कार्यक्रम सुरु
भवानी अधिकारी/स्याङ्जा
स्याङ्जामा लागु औषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको सप्ताहब्यापी कार्यक्रम बिहीवारदेखि सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजित कार्यक्रमको समुदघाटन गर्दे संघिय सांसद थापाले दुर्व्यसनीका पहिलो सुधार केन्द्र आफनै मन भएको बताउदै मनलाई बाँधेर बलियो बनाउनु पर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य थापाले दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको लागुऔषध दुर्व्यसनले आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा नकरात्मक असर पारिरहेको जनाउदै यसका नियन्त्रण तथा नियमनका लागि प्रत्येक घर घरदेखि सुरुवात गर्नुपर्ने उहाको भनाई छ ।
सबैभन्दा पहिला अभिभावकले घर घरदेखि उचित रेखदेख सहितको संस्कार दिनुपर्छ त्यसपछिको दायित्व राज्यको बन्छ उहाले भन्नुभयो । अव कोही पनि दुब्र्यसनमा नलागुन भन्नका लागि जिल्लाका ११ वटै पालिकाले जनचेतनामूलक कार्यक्रमलाई नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो ।
ऐन कानून हुदैमा दुर्व्यसन नियन्त्रण पूर्ण हुदैन। यसका लागि कानूनी उपचारसंगसंगै सहजीकरण, प्रशिक्षण, सल्लाह सुझाव सहित स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्ने आवश्यकता उहाले औल्याउनुभयो ।
नेपालमा प्रत्येक वर्ष ५ प्रतिशत भन्दा बढी दरले लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको र १५ देखि २४ वर्ष उमेरका लागूऔषध प्रयोगकर्तामध्ये झन्डै ७५ प्रतिशत रहेको जनाउदै केही गरौं भन्ने युवाशक्ति कुलतमा रहनु दुखद पक्ष रहेको बताए । बेरोजगार रहनु पनि दुर्व्यसनी बन्नु एक कारण रहेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले आ आफना जिम्मेवारी र दायित्व वहन गर्दै उचित शिक्षा, संस्कार र रेखदेख गरेमा दुब्र्यसनको कुलतमा लाग्न बाट जोगाउन सकिनेमा जोड दिनुभयो ।
प्रहरी उपरिक्षक शालिकराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम सुरुहुनु पूर्व जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट पंचेबाजा सहितको रयाली शहिदचोक हुदै हुलाकमार्ग, बीपी चोक, ट्राफिक चोक, लोकतान्त्रिक चोक, अभियानपथ, ठाडो लाईन, बालमन्दिर चोक, बैंक रोड हुँदै सभागृह सिटीहलमा पुगेर कार्यक्रममा परिणत गरिएको थियो
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …