विशेष चिकित्सक सेवा : सात सयले लिए सेवा
वालिङ :
गाउँमा नै विशेष चिकित्सकको सेवा लिन पाएपछि स्याङ्जाको बिरुवाका नागरिक खुसी भएका छन् । नेपाली सेनाको विशेषज्ञ चिकित्सकको टोलीले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
पोखरा पुगेर उपचार गर्नुपर्ने उपचार गाउँमा नै पाएपछि विरुवाका नागरिक खुसी भएका हुन् । गाउँमा नै उपचार पाउँदा पैसासँगै समयको पनि बचत भएको उनीहरुको भनाइ छ ।
विरुवा गाउँपालिका–८ मेथाभुरुङमा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै सात सय जनाले सेवा लिएका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्यालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले सामाजिक उत्तरदायित्वअन्तर्गत विकट ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
स्याङ्जाको सिंह शार्दूल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको समन्वयमा सञ्चालन भएको शिविरमा नेपाली सेनाका चिकित्सक, जिल्ला अस्पताल स्याङ्जाका चिकित्सक लगायतका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिएको आँधीखोला ब्यारेकका प्रमुख पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौनरोग, नशा रोग र दन्त चिकित्सक सेवाको साथै प्रकोपजन्य रोगको स्वास्थ्य परीक्षण र उपचार गरिएको कार्कीको भनाइ छ । शिविरमा ६ सय ७८ जनाले प्रत्यक्ष विशेषज्ञ चिकित्सकको सेवा पाएका छन् ।
नेपाली सेनाको ३ नं बाहिनी अड्डा र ३ नं फि.ए. गुल्मको सहकार्यमा सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि.ए. गुल्मबाट स्वास्थ्यकर्मीहरुको टोली विरुवामा पुगेको हो ।
शिविरको समापनमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सुशान्त बराल, सशस्त्र प्रहरी बल वालिङ स्याङ्जाका प्रमुख प्रहरी नायब उपरीक्षक देवराज जोशी, गाउँपालिकाका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


