स्याङ्जाका सिडिओेको निर्देशन : ‘सूचना माग्नेलाई समयमा उपलब्ध गराउनु’
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना अधिकारीहरुको बैठक सम्पन्न गरेको छ । बैठकमा सूचना अधिकारीहरुले भोग्न परेका समस्या र समाधानका बिषयमा अन्तरक्रिया भएको थियो । जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र ११ ओटै स्थानीयतहका सूचना अधिकारीहरुको सहभागिता रहेको थियो । सूचना अधिकारीहरुले सूचना मागगर्दा केही कठिनाई आउने गरेको उल्लेख गरेका थिए ।
बैठकमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकले मागेको सूचना दिन आनकानी नगर्न निर्देशन दिएकी छन् । संविधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गरी सूचना उपलब्ध गराउन सूचना अधिकारीलाई प्रजिअ नेपालले निर्देशन गरेकी थिइन् । सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार संविधानले नै निर्दिष्ट गरेको छ प्रजिअ नेपालले भनिन्,‘सूचनाको हक ऐनमा उल्लेख भए अनुसार सूचना दिनु पर्छ ।’ कुन सूचना दिन मिल्ने वा नमिल्ने भन्ने ऐनममा नै उल्लेख छ, अध्ययन गरेर कानुनले निर्दिष्ट गरेको सूचना दिन आनकानी गर्नुहुदैन उनले भनिन् ।
सूचना वर्गीकरण र अद्यावधिक गरी सूचनामा नागरिकको पहुँचमा सरल र सहज बनाउन सूचना अधिकारीको महत्वपुर्ण भुमिका हुने प्रजिअ नेपालले बताइन् । मनसुन शुरु भइसकेको अवस्थामा मनसुनजन्य विपदका सूचनामा पनि अपडेट रहन उनले निर्देशन गरीन् । नागरिकको सेवा गर्न कै लागि जागिर खाएको उल्लेख गर्दै प्रजिअ नेपालले जागिर मात्रै नभएर सेवाभावमा लाग्न निर्देशन दिइन् । बैठकमा सूचना अधिकारीहरुले सूचना उपलब्ध गराउन प्राविधिक कठिनाई हुने गरेको गुनासो गरे । बिषयगत शाखाहरुले सूचना दिन ढिलाई गरिदिदा सूचना अधिकारीले सूचना आयोगको सजाय भोग्नुपरेको पिडा व्यक्त गरेका थिए ।
जिल्लास्तरीय सूचना अधिकारीको बैठकमा जिल्ला प्रशाशसन कार्यालय स्याङ्जाका सूचना अधिकारी दीपक पौडेलले जिल्ला प्रशासन कार्यालयले गरेको कार्य सम्पादनका बिषयमा उल्लेख गरेका थिए । आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला प्रशासन कार्यालयले ३ करोड ९५ लाख ६८ हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको जानकारी सहायक प्रजिअ तथा सूचना अधिकारी पौडेलले दिए । सुरक्षा समितिको बैठक २७, विपद व्यवस्थापन समितिको बैठक ७, सूचना अधिकारीको बैठक ४ पटक बसेको पौडेलले जानकारी दिए । आर्थिक बर्ष २०८०÷०८१ मा नयाँ नागरिकता ८ हजार २ सय ९३, प्रतिलिपि ८ हजार ८ सय ९८, गैह्र आवसीय नागरिकता ४०, बैवाहिक अंगिकृत नागरिकता १५ जारी भएको पौडेलले जानकारी दिए ।
६ हजार ९ सय ८६ जनाको बायोमेट्रिक राहदानी संकलन गरिएको छ भने ७ हजार ४१ जनाले राहदानी प्राप्त गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा नाबालक परिचयपत्र ३ सय ८१, संस्था दर्ता २४, संस्था नविकरण ४ सय २३, हतियार नामसारी ३, हातहतियार नविकरण २४, दुई नामथर÷दुई जन्ममिति प्रमाणित ८ सय ४१, भारतीय पेन्सन प्रयोजनमा विवरण प्रमाणित २ हजार ८ सय ५७ जारी भएको छ । सहायक प्रजिअ तथा सूचना अधिकारी पौडेलले सहभागी सूचना अधिकारीहरुलाई सबै कार्यालयमा नागरिक बडापत्र सहित नागरिकले देख्ने गरी सूचना अधिकारीको बोर्ड राख्न अनुरोध गरे ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


