सप्तरीका ६० एसईई परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो ।

सप्तरीका ६० एसईई परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो ।
राजविराज:
एसइई परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा बिहीबार सप्तरी जिल्लामा ६० विद्यार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षा केन्द्रमा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाइ बाहिरबाट मोवाईल मार्फत उत्तर ल्याउने कार्यमा सक्रिय ६० विद्यार्थीको परिक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए ।
मण्डलकाअनुसार जिल्लाको पकरीस्थित परीक्षा केन्द्रबाट ४७ जना,राजविराजको वर्ड भिजन परीक्षा केन्द्रबाट ९ जना,भारदह परीक्षा केन्द्र र राजविराजको केअमबी परीक्षा केन्द्रबाट दुई दुईजना गरि ६० परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । बिहीबार ऐच्छिक प्रथम विषयको परीक्षा थियो ।
परीक्षा निरीक्षक र केन्द्राध्यक्षलाई भने कारबाही नगरी जिम्मेवारीबाट मात्र हटाईएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले पकरी परीक्षा केन्द्रका केन्द्राध्यक्ष सहित सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको जानकारी दिए ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…