देशभरका १ सय ३० ठाउँमा डढेलो, काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर ।
काठमाण्डौ
सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फागुनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ ।
अमेरिकाको ुद नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशनु (नासा) को वेबसाइटको तथ्याङ्कअनुसार आज देशका विभिन्न एक सय ३० ठाउँमा डढेलो लागिरहेको छ ।
केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेलो पनि बढेको छ, हिजो पनि एक सय पाँच ठाउँका वनमा डढेलो लागेको थियो । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले डढेको झन् बढ्ने जोखिम छ ।
स्थानीय वायुको प्रभावका कारण कतै कतै पानी परे पनि देशभरकै डढेलो निभाउने गरी पानी पर्न अझै केही दिन कुर्नुपर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले अझै एक हप्तासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताउनुभयो । तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातो हावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउन सक्ने पौडेलको भनाइ छ ।
नयाँ पालुवा पलाउने आशा र कतै कतै बदमास मनसाय भएका व्यक्तिहरूले वनमा आगो लगाउने गरेका छन् । आगलागीका कारण वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढेको छ ।
अहिले काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ । थाइल्यान्ड पहिलो नम्बरमा छ । प्रदूषण बढ्दा विशेष गरेर श्वासप्रश्वासको समस्या बढ्ने तथा आँखा र छालामा समस्या देखिने गरेको छ ।
काठमाण्डौको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६२ भन्दा माथि छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । छातीरोग विषेशज्ञ डाक्टर निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताउनुभयो ।
वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयघात हुने समस्या देखिन सक्छ । उहाँले प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र बिहानको समयमा बढी प्रदूषण हुने भएकाले ुमर्निङ वाकु मा ढिलो गरी निस्कन आग्रह गर्नुभयो ।
अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय वटाको हाराहारीमा डढेलोको घटना घट्छन् । ८० प्रतिशत वन डढेलोको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गरेको पाइन्छ ।
सडक निर्माणरविस्तार व्यवस्थित नहुनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड नदिनु, वातावरणमैत्री गाडीलाई प्राथमिकता नदिनुलगायतका समस्याले पनि वायु प्रदूषण नियन्त्रणमा समस्या भएको छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…