त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा ।

TU

काठमाण्डौ:
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ ।

बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर लगायत उच्च तहको पढाई नेपाली तथा अंग्रेजी दुबै दुबै भाषामा हुनुपर्ने माग उठ्दै आइरहेको थियो ।

बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP