स्याङ्जा : चार हजार १२४ ले एसईई दिंदै
स्याङ्जा :
स्याङ्जामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।
चैत १५ गतेबाट सुरु हुने एसईई परीक्षामा स्याङ्जाबाट साधारणतर्फ नियमित तीन हजार ९०८ जना, प्राविधिकतर्फ १५६ जना, ग्रेड वृद्धितर्फ ६० जना गरी चार हजार १२४ जना परीक्षार्थीले एसईई दिने भएका हुन् ।
जिल्ला शिक्षा एकाइको कार्यालय स्याङ्जाका शाखा अधिकृत सुरेश सुवेदीले २६ वटा परीक्षा केन्द्र तोकिएको बतााउनुभयो । एक सयभन्दा कम विद्यार्थी हुने आठ वटा केन्द्रलाई यस पटक हटाइएको सुवेदीले बताउनुभयो । यसअघि यहाँ ३४ वटा केन्द्र थिए ।
परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रअ वा प्रअले खटाएका व्यक्ति नै सम्बन्धित परीक्षा केन्द्रको केन्द्राध्यक्ष हुनेछन् । एसईई परीक्षा नजिकै आउँदा उत्तरपुस्तिका सबै पालिकामा पुर्याउने काम तीव्र पारिएको छ ।
११ पालिका रहेको स्याङ्जामा पुतलीबजार नगरपालिका, बिरुवा, हरिनास गाउँपालिकामा उत्तरपुस्तिका पुगिसकेको छ भने अन्य पालिकामा पनि उत्तरपुस्तिका पुर्याउने काममा कार्यालय जुटेको छ ।
भौगोलिक रुपमा टाढा रहेका पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिका सँगै पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ । प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमा प्रहरीकै निगरानीमा पठाइनेछ । एक परीक्षा केन्द्रमा चार जनाको दरले सुरक्षाकर्मी परिचालित हुने बताइएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


