विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा ।
काठमाण्डौ:
विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ । स्विट्जरल्यान्डमा रहेको ”आईक्यू एअर” नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो ।
“आईक्यू एअर” ले विश्वका एक सय ३४ वटा देशको हावाको गुणस्तर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । गएको वर्ष सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १६ औँ नम्बरमा थियो । सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धुलोको कण औसतमा ४२ दशमलव ४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।
यस्तो मात्रा सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । प्रतिवेदनअनुसार एक वर्षमा नेपालको वायु प्रदूषण अझै खराब भएको हो । विश्व स्वास्थ्य सङ्गठनले हावामा आँखाले नदेखिने धुल कणको मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । जसअनुसार नेपालको हावा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ ।
संसारकै सबैभन्दा प्रदूषित देशको पहिलो सूचीमा बङ्गलादेश परेको छ । धेरै वायु प्रदूषण हुने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा ताजकिस्तान र पाँचौँमा बुर्किना फासो रहेका छन् । यस्तै सन् २०२३ मा फ्रेन्च पोलिनेसिया सबैभन्दा स्वच्छ भएको देश बनेको छ । मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्युजिल्यान्ड सबैभन्दा स्वच्छ हावा भएको देश बनेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


