आँधीखोला सञ्चार सहकारीको नयाँ सञ्चालक समितिकाे चयन

स्याङ्जा :
वालिङमा स्थित आँधीखोला सञ्चार सहकारी संस्थाको छैटौं अधिवेशनले शान्ता थापाको अध्यक्षतामा सञ्चालक समिति चयन गरेकोे छ ।
समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहनुभएको छ ।
सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन हुनुभएको हो ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी र सदस्यमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन निर्वाचन संयोजक धु्रव शर्मा पङ्गेनीले जानकारी दिनुभयो ।
विस २०६३ सालमा स्थापित सहकारी संस्थाले २०६४ को मंसिर ६ गते सामुदायिक रेडियो आँधिखोला १०५.४ मेगाहर्जको परिक्षण प्रसारण गरेको थियो । ४ सय ६४ जना शेयर सदस्य रहेको सहकारीले १८ औं साधारण सभा तथा छैटौं अधिवेशन मार्फत आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति चयन गरेको हो ।
स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा स्थापित आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ । रेडियो फ्रिक्वेन्सी १०५.४ मेगाहज सहित अनलाईन मार्फत संसारभर प्रत्यक्ष सुन्न सकिन्छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…