आँधीखोला सञ्चार सहकारीको नयाँ सञ्चालक समितिकाे चयन
स्याङ्जा :
वालिङमा स्थित आँधीखोला सञ्चार सहकारी संस्थाको छैटौं अधिवेशनले शान्ता थापाको अध्यक्षतामा सञ्चालक समिति चयन गरेकोे छ ।
समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहनुभएको छ ।
सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन हुनुभएको हो ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी र सदस्यमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन निर्वाचन संयोजक धु्रव शर्मा पङ्गेनीले जानकारी दिनुभयो ।
विस २०६३ सालमा स्थापित सहकारी संस्थाले २०६४ को मंसिर ६ गते सामुदायिक रेडियो आँधिखोला १०५.४ मेगाहर्जको परिक्षण प्रसारण गरेको थियो । ४ सय ६४ जना शेयर सदस्य रहेको सहकारीले १८ औं साधारण सभा तथा छैटौं अधिवेशन मार्फत आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति चयन गरेको हो ।
स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा स्थापित आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो दैनिक १८ घण्टा प्रसारण हुँदै आएको छ । रेडियो फ्रिक्वेन्सी १०५.४ मेगाहज सहित अनलाईन मार्फत संसारभर प्रत्यक्ष सुन्न सकिन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


