ग्रामीण क्षेत्रमा नै युवालाई रोक्ने प्रयासमा गण्डकी प्रदेश : मुख्यमन्त्री पाण्डे ।

Surendraraj pandey CM Gandaki

वालिङ :
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेद्र्रराज पाण्डेले युवालाई गाउँमा नै रोक्ने प्रयासमा रहेको बताउनु भएको छ । उहाँल भन्नुभयो,“बसाई सराईले गाउँ खाली हुँदैछ गाउँमा नै युवाहरुलाई रोक्न जरुरी छ, जसको लागि उनीहरुलाई उत्पादनमा जोड्नु पर्नेछ ।”
नगरिकलाई उत्पादनमा जोड्न सके मात्रै आर्थिक चलायमान हुनेमा उहाँको जोड छ पछिल्लो समय आर्थिक चलायमान नभएको भन्दै उहाँले उत्पादनमूलक क्रियाकलाप नहुँदा सम्म आर्थिक चलायमान् नहुने स्पष्ट पार्नु भयो ।
स्याङ्जाको वालिङमा विहिबारबाट सुरु भएको आठौं वालिङ महोत्सवको शुभारम्भ गर्नुहँदै मुख्यमन्त्री पाण्डेले ग्रामीण क्षेत्रलाई उत्पादनमा जोड्न प्रदेशले विशेष ध्यान दिईरहेको बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पाँच वर्षमा कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर बनाउने बताउनुभयो । उहाँले भन्नुभयो,“गण्डकी प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै न कुनैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।”


कार्यक्रममा पुर्व उद्योग मन्त्री महेश बस्नेतले चेतनाको कमीका कारण नेपालको राजस्वमा वृद्धि हुन नसकेको बताउनभुयो । पुर्व मन्त्री बस्नेतले कर तिर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा र नियमनकारी निकाय फितलो हुँदा कर छलि भईरहेको भन्दै यसले गर्दा देशको अर्थतन्त्र समेत कमजोर बन्दै गएको बताउनुभयो । सकरात्मक सोँचको अभियान चलाउनुपर्ने भन्दै करको दायरामा जान पुर्व मन्त्री बस्नेतले जोड दिनुभयो । आम्दानीको स्रोत घट्नु राजस्व संकलन कम हुनुलगायत विविध कारणले देशको अर्थतन्त्र कमजोर बन्दै गईरहेको भन्दै पुँजीगत खर्च कम हुँदा समेत विकास हुन नसकेको पुर्व मन्त्री बस्नेतको जोड छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले मेला तथा महोत्सवमा परम्परागत उत्पादनका लागी प्रयोग गरिने यन्त्रको प्रर्दशनी समेत गरिनुपर्ने भन्दै ग्रामिण भेगमा उत्पादन भएका तथा अर्गानी उत्पादनको प्रर्दशनीमा जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री तिवारीले मेला महोत्सव उद्यमीहरुले उत्पादन गर्नुभएका उपजहरुको बजारीकरण गरी थप उद्यमशीलतालाई प्रर्वद्धन गर्नुपर्ने र जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्टलहरुको प्रर्दशनी गरी पर्यटनमा समेत महोत्सवले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।


मन्त्री तिवारीले जिल्लाकोे सिंचाई, खानेपानीलगायतका कार्यमा खानेपानी मन्त्रालयबाट धेरै योजनाहरु सम्पन्न भएको र केहि निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति तथा सांसद भोजराज अर्याल, लेखा समितिका सभापति तथा सांसद सुधिरकुमार पौडेल, प्रदेश सांसद कल्पना तिवारी, वालिङ नगरप्रमुख कृष्ण खाँण, गाउँपालिका महासंघका अध्यक्ष तथा कालीगडकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराजराज भण्डारी लगायतले महोत्सवले समग्र स्याङ्जाको कृषि, हस्तकला, सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र आर्थिक विकासमा सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महोत्सव तथा संघको उद्देश्यमाथि वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले प्रकाश पार्नुभएको थियो । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।


समुद्दघाटन हुनुपुर्व यहाँका विभिन्न आमा समुह, टोल समुह,जातिय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्ना भेषभुषा र झाँकी सहितको रयालीले वालिङ बजार परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । उत्कृष्ठ झाँकीलाई महोत्सवमा पुरस्कृत समेत गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ । र्याली तथा झाँकीमा एक सय भन्दा बढी समुहहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पशुपति शर्मा, घनश्याम रिजाल,कला गैह्रे लगायतका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।
बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP