स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्याङ्जा :
स्याङ्जा जिल्ला अस्पतालले औपचारिकरुपमा (मंगलबारदेखि फिजियो थेरापी सेवा उपलब्ध गराएको छ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भौतिक संरचना सहित उपकरण उपलब्ध भएपछि अस्पतालले थेरापी सुरु गरेको हो।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले फिजियो थेरापी सेवा प्रारम्भको औपचारिक घोषणा गर्दै थेरापीका लागि नजिकका जिल्ला कास्कीको पोखरा लगायत अन्य क्षेत्रमा जानु पर्ने वाध्यता हटेको बताउनुभयो ।
‘अस्पतालको सेवालाई छितो, छरितो र प्रभावकारी बनाउन अस्पताल कर्मचारी, ब्यवस्थापन समिति र आमनागरिक सबैको सकारात्मक सहयोग आवश्यक रहन्छ।’ उहाले भन्नुभयो, ‘यसका लागि आवश्यक सहयोग गर्नेछु।’
हाडजोर्नी, नशा, प्यारालाइसिस् लगायतका रोग भएका मानिसलाई ब्यक्तिलाई यो उपचार पद्धती प्रभावकारी मानिएकाले अस्पताले सो सेवा सुरु गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो । मांशपेशी च्यातिएको, मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न फिजियोथेरापीका माध्यमबाट उपचार गर्न सकिन्छ ।
अस्पतालले मेशिन र हातका माध्यमबाट उपचार गराईने अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्बिना अधिकारीको भनाई छ । उपचार भने रोग अनुसार आधा घण्टादेखि २ घण्टासम्म पनि गर्नुपर्ने हुन्छ । प्रविधिका बिकाससंगै उपचारमा पनि सहज बनाएको छ । कतिपय रोगहरु फिजियो थेरापीका माध्यमबाट निको भैरहेको अवस्थामा जिल्ला अस्पतालले सुरु गरेको सेवाले यहाँका लक्षित बर्गलाई सहज बनाउनेमा उहा विश्वस्त हुनुहुन्छ ।
करिब एकसाताअघिदेखि सेवा प्रवाह गर्दे आएको अस्पतालमा दैनिक ७÷८ जनासम्म फिजियो थेरापीका लागि आउने गरेको फिजियो थेरापिष्ट सहायक रिता न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लामा पहिलो पटक फिजियो थेरापी सेवामा जोडिन पाएकोमा खुशी हुदै मनकुमारी मरासीनीले भन्नुभयो । ‘यसअघि पोखराको मणिपाल र महेन्द्रपुलका निजी अस्पतालमा गएर थेरापी गरेकी थिएं। अहिले यही सेवा लिन पाएकोमा खुशी छु।’
पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल १५ शैयाको स्वीकृत पाएको छ भने अस्पताल ब्यवस्थापन समितिले १० शैया थपगरी सेवा प्रदान गर्दै आएको छ। यहाँ सबै खालका सेवा उपलब्ध छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


