मगर एकता दिवस : स्याङ्जाका आठ पालिकामा सार्वजनिक विदा ।
वालिङ, फागुन १५ गते ।
मगर समुदायले आज ४२ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य भएका स्याङ्जाका विभिन्न पालिकाहरुले सार्वजनिक विदा दिएका छन् । ११ पालिका मध्ये आठ पालिकाले सार्वजनिक विदा दिएका हुन् ।
स्याङ्जाको वालिङ,पुतलीबजार,भीरकोट,चापाकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी,हरिनास र विरुवा गाउँपालिकाले सार्वजनिक विदा दिएकाहुन् ।
पालिकाहरुले सूचना निकालेर आ–आफ्नो क्षेत्र भित्रका विभिन्न कार्यालयहरु,पालिका तथा वडा कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने जनाएकाछन् ।
स्याङ्जामा मगर समुदायको बाक्लो बसोबास रहेको छ । जनगणना २०७८ अनुसार २२ प्रतिशत मगर जाती जिल्लामा रहेकाछन् ।
जिल्लामा मगर समुदायको संख्या दोस्रोमा रहेको छ । पहिलोमा भने पहाडी ब्राह्मणको रहेको छ । कालीगण्डकी,हरिनास र विरुवामा सवै भन्दा धेरै मगर समुदाय बसोबास गर्दै आएकाछन् ।
२०३९ साल फागुन १५ गते मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


