त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. केशरजंग बराल नियुक्त ।
काठमाण्डौ:
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नियुक्ति पत्र दिएका छन् ।
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेशा सुरू गरेका थिए ।
बरालसहित प्राडा. चित्रबहादुर बुढाथोकी र प्राडा. टंकनाथ धमलालाई उपकुलपतिका सिफारिस गरिएको थियो । त्रिविको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल सिफारिसमा भने दोस्रो नम्बरमा थिए ।
तीमध्ये १ जनाको आवेदन खारेज भएको थियो । त्यसपछि ४२ जनामध्ये १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका १४ जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो । १४ जनामध्ये सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


